मधेश

एउटै गाउँमा १० दिनमा ११ जनाको मृत्यु, अधिकांश गाउँले विरामी

इकागज |
बैशाख २९, २०७८ बुधवार १२:३२ बजे

पर्सा : १० दिनको अवधिमा ११ जनाको मृत्यु भएपछि त्रसित बनेको जगरनाथपुर गाँउपालिकामा मंगलबार मात्रै ७ जनामा कोभिड-१९ संक्रमण भेटिएको छ । ११ जनामा एन्टिन विधिबाट परीक्षण गर्दा ७ जनामा कोभिड देखिएको बताइएको हो । 

पर्साको जगरनाथुपर गाउँपालिकामा पछिल्लो १० दिनको अवधिमा ११ जनाको मृत्यु भइसकेको र मृतकमध्ये ६ जनाको कोभिड-१९ संक्रमणका कारणले मृत्यु भएको बताइएको छ । अन्य ५ जनाको पनि उच्च ज्वरो , श्वासप्रश्वास सम्बन्धि समस्याले मृत्यु भएका कारणले गाँउभरी नै कोभिड संक्रमण फैलिसकेको भन्ने आशंका गरिएको छ ।


गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र साहले १० दिनमै ६ संक्रमितसहित ११ जनाको मृत्यु भएको र गाउँमा अधिकांश घरका स्थानीयमा ज्वरो, स्वासप्रश्वासमा समस्या देखिएपछि गाँउपालिकाले स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पताललाई पत्र लेखेर विज्ञसहितको स्वास्थ्यकर्मी टोली पठाइदिन आग्रह गरेको बताए । त्यही आग्रह अनुसार स्वास्थ्य कार्यालयबाट गएको १२ जना स्वास्थ्यकर्मीको टोलीले जगरनाथपुर ५ चिलझप्टीमा ज्वरोले सिकिस्त ११ जनाको एन्जिटेजन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको जनाएको छ ।  


Author

थप समाचार
x