मधेश

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

इकागज |
बैशाख २१, २०८० बिहीबार ६:१५ बजे

फाइल फोटो

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा उनले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानुन निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उनले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा रु एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिए । 


कार्यक्रममा रौतहटका सांसद देवप्रसाद तिमल्सिना,प्रदेशसभा सदस्य युवराज भट्टराईलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउन जोड दिए । नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका आठ वटै जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x