मधेश

जब प्रहरी नै चाेर बनेर चाेरी गर्ने गिराेहमा मिसिए...

इकागज |
बैशाख २८, २०८० बिहीबार १९:४ बजे

जनकपुरधाम । धनुषा प्रहरीले चोरी घटनामा संलग्न रहेको आरोपमा ७ जना चोरीलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेकाहरूलाई प्रहरीले आज सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेहरूमध्ये कोही चोरी गर्दागर्दै पक्राउ परेका हुन् भने केही चोरी पश्चात चोरीका सामान र प्रयोग गर्ने औजारसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेहरू मध्ये चोरी गरेर भाग्ने क्रममा रञ्जित दास सुन चाँदीको गरगहनासहितका सरसामान पक्राउ परेका हुन्।


यस्तै प्रहरीकै मोटरसाइकल चोरी घटनामा जनकपुरधाम १७ का संजीव राम, क्षिरेश्व नगरपालिका ५ का इन्दल राम, एम्बुस थापी चोरी गरिरहेको क्रममा जनकपुरधाम ८ बाट सलामद दर्जी, महम्मद राजाखान र राजकुमार यादव,सोनु सहनीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुलाई बिहीबार धनुषा प्रहरीले एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीले तिनीहरूको साथबाट चोरी गर्ने औजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए । 

उनले चोरहरुलाई समात्न प्रहरीलाई चोरको गिरोहमा पठाएर गरेको रणनीतिले पक्राउ गरिएको र हालसम्म ३२ जना चोरलाई समातिएको जानकारी समेत दिए । एसपी खड्काले चोरहरुको गिरोह नै सक्रिय रहेको र खासगरी यस समूह १८ वर्षदेखि २५ वर्षसम्मका लागूऔषध सेवन कर्ताहरु रहेको बताए । 

खड्काले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका उनीहरूमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन् । उनले चोरहरुलाई समात्न जिल्लाभरमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको प्रहरी टोली खटाइएकोसमेत जानकारी दिए । चोरलाई समात्न प्रहरी नै चोर बनेर खटाइएको उनले बताए ।


Author

थप समाचार
x