मधेश

माओवादीले प्रदेश २ सभाको रिक्‍त सांसदमा कादरीलाई पठायो

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १६:४९ बजे

जनकपुरधाम : नेकपा माओवादी केन्‍द्रले प्रदेश २ प्रदेश सभा सदस्यमा पश्मिना कादरीलाई चयन गरेको छ । बिहीबार सभामुख सरोजकुमार यादवले प्रदेश सभा सदस्य कादरीलाईलाई शपथ ग्रहण गराएका हुन । 

यसअघि समानुपातिक सांसद मो. समिर एमालेमा गएपछि उनको ठाउँमा पार्टीको प्रादेशिक समितिको निर्णयअनुसार कादरीलाई प्रदेश सभा सदस्य चयन गरिएको माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । कादरी पर्साको वीरगंज निवासी हुन । कादरी पर्साको महिला संगठनमा आबद्ध हुन । 


आफ्नो पार्टी छाडेर एमालेको गतिविधिमा लागेको भन्दै माओवादीले गत चैत ३० प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन कुशवाहा र मोहम्मद समिरलाई कारबाही गर्दै गरेपछि उनीहरूको पद गुमेको थियो । कारबाहीमा परेका मध्ये रामचन्द्र मण्डल, ज्वालाकुमारी साह र कुन्दन कुशवाहा प्रत्यक्षबाट र मोहम्मद समिर समानुपातिकबाट निर्वाचित भएका थिए ।


Author

थप समाचार
x