मधेश

तराईमा मुस्लिम समुदायले ईद पर्व मनाउँदै

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार ९:४७ बजे

विरगञ्ज : रमदान अर्थात रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र अर्थात ईद मनाउँदैछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोभिडका कारण घरमै बसेर ईद मनाउने भएका छन् । यसपाली कोभिड संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मस्लिम आयोगले आह्वान पनि गरेको छ ।


ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २ दशमलव ५ प्रतिशत रकम कोषमा दिने परम्परा छ । प्रदेश २ मा शुक्रबार यसै पर्वको अवसरमा बिदा समेत दिइएको छ । 
 


Author

थप समाचार
x