मधेश

धनुषामा पुनः १० दिन निषेधाज्ञा थप

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १२:५५ बजे

धनुषा : धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन् । कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २१ गते देखि बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो ।


पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ । रासस


Author

थप समाचार
x