मधेश

पुन: संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै वडाध्यक्षको मृत्यु

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १५:१३ बजे

प्रतिकात्‍मक तस्‍बिर

जनकपुरधाम : धनुषामा एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका-५ का वडा अध्यक्ष विनोदकुमार मण्डलको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको नगरपालिकाका मेयर अनिलकुमार यादवले जानकारी दिए । उनकाअनुसार करिब २ साताअघि बिरामी भएका वडाध्यक्ष अस्पतालमा उपचार पश्चात् सन्‍चो भएर घर फर्केका थिए । उनी पुनः बिरामी भएपछि उपचारकै क्रममा मृत्यु भएको हो । 

मेयर यादवकाअनुसार वडाध्यक्ष मण्डललाई ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि गाउँमै औषधि सेवन गरी निको भएका थिए । तर निको भएको दुई दिनपछि उनी पुनः बिरामी परेपछि धनुषा अस्पतालमा भर्ना गरिएको थियो । त्‍यहाँ पनि निको भई घर फर्केका थिए । त्यसको तीन दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या आउनथालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसीयू कक्षमा भर्ना गरेर उपचार गरिएको थियो ।  


त्‍यहाँ पनि पीसीआर परीक्षण गर्दा बिहीबार संक्रमण पुष्टि भएको थियो । पुन: संक्रमण पुष्टि भएको २४ घण्टा नबित्दै मण्डलको मृत्यु भएको हो । वमण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।


Author

थप समाचार
x