मधेश

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १९:४६ बजे

जनकपुरधाम : धनुषा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि  मोटरसाइकलले ठक्कर दिँदा बाटो काटिरहेका एक पैदल यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको हो ।

ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् । मृतकको हालसम्म नामथर, वतन नखुलेको अन्दाजी ३१ वर्षीय युवक रहेको छ । ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । 



Author

थप समाचार
x