मधेश

प्रदेश २ मा थप ४८७ जना संक्रमित

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार २०:५९ बजे

जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ४८७ जनामा संक्रमण पुष्टि भएको छ भने १७ जना निको भएका छन् । स्वास्थ्य निर्देशनालयले जारी गरेको रिपोर्ट अनुसार सबभन्दा बढी धनुषा जिल्लामा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै महोत्तरीमा ८२, सिरहामा ३१, सप्तरीमा ३९, रौतहटमा ४५, सर्लाहीमा ८, बारामा ३३ र पर्सामा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।  शुक्रबारसम्म विभिन्न अस्पतालमा उपचाररत १७ जना सक्रमित निको भएर घर फर्केको छन् भने ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबै सिरहा जिल्लाकै रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हाल ८ हजार २ सय १८ जना सक्रिय संक्रमित रहेका छन ।



Author

थप समाचार
x