मधेश

बढी भाडा लिने एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा

इकागज |
जेठ १, २०७८ शनिबार १८:११ बजे

वीरगंज : बिरामी बोक्दा बढी भाडा लिने दुईजना एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुलेको फेला पारेपछि एम्बुलेन्स चालकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । 

पक्राउ पर्नेमा ना.२ च. ३२५६ र  ना. ३ च.  ८१९९ नं का २ वटा एम्बुलेन्ससहित पर्सा बहुदरमाई न.पा. ९ विश्रामपुरका कमरुदिन रायभर र विन्दवासिनी गाउँपालिका १ का वीरबल मुखिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुलाई नेशनल मेडिकल कलेज बाहिर सडकबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



Author

थप समाचार
x