मधेश

महामारी नियन्त्रणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघीय निकायहरूलाई प्रदेश सरकारको अपिल

इकागज |
जेठ ३, २०७८ सोमबार १७:२९ बजे

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड महामारी नियन्त्रणमा आवश्वयक सहयोग गर्न प्रदेशस्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरूलाई आग्रह गरेका छन् । प्रदेश नीति तथा योजना आयोगको संयोजनमा सोमबार मुख्यमन्त्री निवासमा भएको बैठकमा मुख्यमन्त्री राउतले संक्रमण रोकथाम र उपचारका लागि आवश्यक भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराई दिन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउतले युएन एजेन्सीहरूबाट आउने सहयोगमध्ये कोभिड महामारी नियन्त्रणमा सहयोग गरिदिन प्रदेशस्थित यूएनका प्रतिनिधिहरूलाई अपिल गरेको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बताए । बैठकमा युएन एजेन्सीका प्रतिनिधिहरूले नेपालका लागि आउने सहयोगमध्ये प्रदेश-२ लाई पनि उपलब्ध गराउन आफूहरू सम्बन्धित पक्षसँग कुरा राख्ने प्रतिबद्धता जनाएका थिए ।



Author

थप समाचार
x