मधेश

मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

इकागज |
जेठ ४, २०७८ मंगलबार १७:५९ बजे

जनकपुरधाम : नेपाल विद्यार्थी संघले प्रदेश-२ सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको राजीनामा माग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

मंगलबार नेविसंघ र तरुण दलले कोभिड-१९ संक्रमितहरूको उपचारमा प्रदेश सरकारले लापर्वाही गर्दा मृत्यु हुनेहरूको संख्या बढदै गएको भन्दै मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामाको माग्दै प्रदर्शन गरेको हो । 


प्रदर्शनका सहभागीहरूले निःशुल्क कोभिड उपचार र अक्सिजनको ग्यारेन्टी गर्न माग गर्दै मुख्यमन्त्री राउत, सामाजिक विकासमन्त्री साह र प्रादेशिक अस्पतालका मेसु प्रमोद यादवविरुद्ध विभिन्‍न माग लेखिएका प्लेकार्ड देखाएका थिए ।

प्लेकार्डमा निःशुल्क कोरोनाको निःशुल्क उपचार गर, अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गर, मुख्यमन्त्री राजीनामा देउ, सामाजिक विकास मन्त्री राजीनामा देउलगायतका नारा लेखिएका थिए । 

नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले संक्रमितको उपचारमा लापर्वाही गर्ने भ्रष्टाचारी प्रदेश सरकारको कुनै औचित्य नरहेकोले राजीनामा माग्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको बताए ।


Author

थप समाचार
x