मधेश

निलम्बित वडाध्यक्ष पार्टीबाट पनि निष्कासित

सुभाष कर्ण |
असार १७, २०८० आइतबार २०:० बजे

जनकपुरधाम- एक जना निलम्बित वडाध्यक्षलाई नेकपा (माओवादी केन्द्र) धनुषाले पार्टीबाट निष्कासित गरेको छ । शहिदनगर नगरपालिका वडा नम्बर–८ का निलम्बित वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई पार्टीबाट माओवादी केन्द्रले निष्कासन गरेको हो ।

शहिदनगर नगरपालिका नगर कमिटीका अध्यक्ष समेत रहेका कुसियैतले पार्टीको विधान विपरीत कार्यहरू गरेकाले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नगर कार्यसमितिले जारी गरेको पत्रमा जनाइएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेशद्वारा जारी विज्ञप्तिमा यादवसँग सम्बन्धित विभिन्न प्रमाणहरू भेटिएको र पार्टीको मर्यादा विपरीत, आचरण हनन हुने प्रकारका कार्यहरू तथा पार्टीको सिद्धान्त र विचार विपरीत गतिविधि गरेकाले उनलाई हटाइएको पत्रमा उल्लेख छ ।

नगर कार्य समितिको असार १५ गतेको निर्णय अनुसार उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको हो । २०७४ सालमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आधारमा उनी निलम्बित भएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x