मधेश प्रदेशसभा बैठक अवरुद्ध, मुख्यमन्त्रीले जवाफ दिनुपर्ने अडान
फाइल तस्बिर
जनकपुरधाम- मधेश प्रदेश सभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश सरकारले रकमान्तर गरेर बजेट अन्यत्र लगेको भन्दै मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सो क्रममा अर्थमन्त्री सञ्जयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरूले मुख्यमन्त्रीको जवाफ मागे गरेपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।
एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।
एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवले जवाफ नदिएसम्म बैठक चल्न नदिने जनाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया