मधेश

कोभिड-१९ : दुधपानी गाउँमा एकैपटक ४६ जना संक्रमित

इकागज |
जेठ ५, २०७८ बुधबार १८:१३ बजे

जनकपुरधाम : धनुषाको एक नगरपालिकामा एकै गाउँका ४६ जना कोभिड-१९ संक्रमित भएका छन् । जिल्लाको मिथिला नगरपालिका ११ दुधपानी गाउँका ४६ जना व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको नगरप्रमुख हरिनारायण महतोले बताएका हुन् ।

सो गाउँमा एकैपटक धेरैलाई ज्वरो आएपछि आफू कहाँ जानकारी आएपछि ५४ जनाको स्वाब संकलन गराई पीसीआर परिक्षण गराउँदा ती मध्ये ४६ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । मेयर महतोले भने,'संक्रमित भएकामध्ये एकजना बाहेक सबैको अवस्था सामान्य छ, स्वास प्रश्वासमा समस्या देखिएका गम्भीर बिरामीलाई उपचारका लागि सिन्धुली पठाएको छु, अन्य संक्रमित होम आइसोलेशन बसेका छन तर तिनीहरूको स्वास्थ्यमा थप कुनै समस्या देखिए उपचारका लागि नगरपालिकाले तयार पारेको कोभिड विशेष अस्पताल र आइसोलेशनमा राखिनेछ ।'



Author

थप समाचार
x