मधेश

निषेधाज्ञामा खेतमै कुहियो खर्बुजा

इकागज |
जेठ ६, २०७८ बिहीबार १३:१ बजे

सर्लाही : कोभिड-१९ महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब रु १५ लाखको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरेका छन् । 

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् । 


खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोेना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ ।


Author

थप समाचार
x