मधेश

गौशाला नगरपालिकाले गर्‍यो सर्वाेच्चको आदेश अवज्ञा

इकागज |
साउन १, २०८० सोमबार १७:२२ बजे

फाइल फोटो

महोत्तरी - गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरीत नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।​

उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत् राखी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।


सर्वोच्च अदालतको निमावली, २०७४ को नियम ४९(२) (ख) बमोजिम नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी भए पनि त्यसको अवज्ञा भएको छ ।​नगरप्रमुख दिपेन्द्र महतोले नगरलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको हुनाले नीति तथा कार्यक्रमलाई औपचारिकता दिएको बताए । 

‘सामाजिक सञ्जालमा कसले के हाल्छ, हामीपछि लाग्न सक्दैनौँ । तर, हामीलाई अदालतले अहिलेसम्म औपचारिक पत्र पठाएको छैन,’ उनले भने, ‘अदालतले कार्यालयमा पत्र पठाएमा हामी निर्णय मान्न तयार हुनेछौँ ।’


Author

थप समाचार
x