मधेश

खानेपानी समस्या समाधान गर्न मधेस सरकारले गर्‍याे विज्ञसँग छलफल

इकागज |
साउन १३, २०८० शनिबार १०:४२ बजे

जनकपुरधाम। साउनको दोस्राे  सातासम्म वर्षा नभएर पर्न लागेको खडेरी र खानेपानी लगायतको समस्याबारे मधेश प्रदेश सरकारले विज्ञहरुसँग छलफल गरेकाे छ । 

प्रदेश सरकारका अर्थमन्त्री एवंम प्रवक्ता संजय कुमार यादव र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री सिहांसन साह कलवारले पछिल्लो समय यस मधेश प्रदेशमा वर्षा नहुँदा उत्पन्न भएको कृषिका लागि सिचाईं र खानेपानीको भएको समस्या बारे विज्ञ एवं सरोकारवालाहरुसँग छलफल गरेको छ ।


मधेश कतिपय जिल्लामा खानेपानीको समेत काकाकुल अवस्था सिर्जना भएको र कृषि योग्य भूमि समेत रोपाई हुुन् नसकेको र खडेरी लाग्ने समस्याको सामाधानको विषयमा मन्त्रीद्वयले विज्ञहरुसँग सुझाव समेत मागेका छन् । 

पानीको संकटलाई तत्कालै समाधान गर्न विज्ञहरुले दिएको सुझावलाई कार्यान्वयनमा लैजाने निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको छ भने मधेश प्रदेशमा पानीको अवस्था  कस्तो रहेको त्यसबारे अध्ययन गर्न छिट्टै नै विज्ञहरुको समिति गठन गरी भविष्यमा यस्ता किसिमको समस्या आउन् नदिन र आइपरेपनि पूर्व तयारी गरी अघि बढ्ने योजन समेत अघि सारेको बताइएको छ । 

त्यस्तै मन्त्रीद्वयले पानीको संकट सदैवका लागि अन्त्य गर्न विभिन्न कोणबाट अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न समेत विज्ञहरुसँग राय लिइएको अर्थमन्त्री संजय यादवले जानकारी दिएका छन् ।


Author

थप समाचार
x