मधेश

मधेश प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

इकागज |
साउन १५, २०८० सोमबार १८:४२ बजे

काठमाडौँ- मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गरेका हुन् । समिम नेपाली कांग्रेसका सांसद हुन् ।


त्यस्तै श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाएका छन् । दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेका छन् । 

यससँगै मधेश प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ । मधेश सरकारले आज छैटौं पटक मन्त्रिपरिषद् विस्तार गरेको हो । 


Author

थप समाचार
x