मधेश सरकारले पायाे पूर्णता, गृहमा समिम र श्रममा सिंह
जनकपुरधाम- रिक्त रहेका दुई मन्त्रालयमा परिपूर्ति गरी मधेश प्रदेश सरकारले आठ महिनापछि सरकारलाई पूर्णता दिएकाे छ ।
मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आफैँसँग राखेका रिक्त मन्त्रालयहरूमा मन्त्री नियुक्त गरेका छन् । सोमबार मुख्यमन्त्री यादवले गृह तथा सञ्चारमन्त्रीमा सप्तरीका मोहम्मद समिमलाई र श्रम तथा यातायातमन्त्रीमा जनमतका चन्दन सिंहलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त दुवै मन्त्रीहरूलाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्रीले जसपाबाट बिनाविभागीय मन्त्री रहेकी सुरिता साहलाई मुख्यमन्त्री कार्यालयमा तत्काल राखिने बताएका छन् ।
स्वतन्त्रबाट चुनाव जितेर सामाजिक विकासमन्त्री बन्न जसपा प्रवेश गरेकी साह कांग्रेस सरकारमा सहभागी हुँदा बिनाविभागीय बनाइएकी थिइन् । अर्का बिनाविभागीय मन्त्री जनमत पार्टीका वसन्त कुशवाहालाई हटाएर उनकाे ठाउँमा जनमतबाट सिंहलाई श्रम तथा यातायात मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया