मधेश

जलेश्वर अस्पताल अगाडि स्थानीयको प्रदर्शन

इकागज |
जेठ ८, २०७८ शनिवार २१:३७ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमितकाे उपचारकाे व्यवस्थापन गरसहितका माग राख्दै महाेतरीस्थित जलेश्वर अस्पताल अगाडि स्थानीयले प्रदेश सरकारविरूद्ध विराेध प्रदर्शन गरेका छन् । उपचार आभावमा संक्रमितहरूले ज्यान गुमाइरहेका कारण प्रदेश सरकारविरुद्ध स्थानीय आन्दोलित भएका हुन् ।

जलेश्वर अस्पताललाई व्यवस्थित गर्नुपर्ने लगायतका विभिन्न ५ बुँदे माग राख्दै अस्पतालको मुल गेट अगाडि प्लेकार्ड बोकेर स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन् ।कोभिड-१९  संक्रमितकाे उपचार, आवश्यक आक्सीजनकाे आपुर्ति, भेन्टीलेटर चलाउन दक्ष जनशक्ति र आवश्यक औषधिकाे व्यवस्थापन लगायतका मागहरू राख्दै स्थानीय सत्येन्द्र यादवकाे नेतृत्वमा सरकारविरूद्ध उक्त प्रदर्शन भएको छ ।



Author

थप समाचार
x