मधेश

'भोट बैंकको हिसाबले बजेट विनियोजन हुँदा विकासमा मधेस पछाडि'

इकागज |
साउन २५, २०८० बिहीबार ७:२४ बजे

जनकपुरधाम । तीनै तहका सरकार गम्भीर नहुँदा मधेस प्रदेशको आर्थिक विकास हुन नसकेको कुरामा सरोकारवालाहरूले जोड दिएका छन् । 

उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको आयोजना र जनकपुरधाम उद्योग वाणिज्य संघको संयोजनमा जनकपुरधाममा आयोजित धनुषाको अर्थ सामाजिक रुपान्तरण विषयक अन्तर संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले संघ सरकारको गलत नीति र प्रदेश सरकारको बेवास्ताको कारण धनुषाको आर्थिक विकासमा टेवा पुग्न नसकेको सरोकारवालाहरूले गुनासो गरेका हुन्। 


प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार राउतले मन्त्रीहरूको भोट बैंकको हिसाब बजेट तयार भई योजना वितरण हुने गरेकोमा धनुषा मात्रै होइन प्रदेशका अन्य जिल्लाहरूको पनि आर्थिक र पर्यटकीय विकास हुन नसकेको बताए । 

उनले थप्दै भने 'योजना कसरी वितरण भइरहेको छ कुरा कसैसँग लुकेको छैन । तर यहाँका उद्योग व्यवसायी पनि गम्भीर देखिएको छैन ।' उनले पछिल्लो पटक बजेट तयारको क्रममा धनुषा मात्र होइन प्रदेशभरिकै कुनै उद्योगी व्यवसायी संघ संगठन पर्यटकीय वा औद्योगिक विकासका लागि बजेट छुट्याउनु भन्न नआएकाे बताए। 'आफूले उद्योग र पर्यटन क्षेत्रमा पर्याप्त बजेट राख्न प्रस्ताव राखेपनि पोखरी घाट र मन्दिरको पर्खालसहितका ५ करोडमा ५ यस योजना राखिएकाले कस्तो विकास हुन्छ हामी बुझ्न सक्छौं ।' उनले भने ।

साथै उनले कानुन अभाव समेत यस क्षेत्रको आर्थिक विकासका मुख्य आधार उद्योग र पर्यटन क्षेत्रको विकास हुन नसकेको  बताए । तत्कालै आफूले औद्योगिक नीति र पर्यटन नीतिसहितका कार्यविधि ल्याउने प्रतिबद्धता जनाए । सचिव राउतले यसमा सबै उद्योगी व्यवसायी र पर्यटन क्षेत्रमा काम गर्नेहरू आ आफ्नो सुझाव दिन आग्रह गरे ।  

कार्यक्रममा आयोजक उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले धनुषाको आर्थिक विकासका लागि सरकारी पक्षको कुरा छाडेर कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य लगायतका कुरामा आफ्नो हिसाबले योजना बनाएर अघि बढनुपर्नेमा जोड दिए । उनले काठमाडौसँग धनुषा जिल्लासहित मधेस प्रदेशको कनेक्टभिटी जोड्ने कार्यमा लागेकाे सुनाए । चाँडै नै यस जनकपुरधाम क्षेत्रको विकासका लागि सबैले आ आफ्ना सुझाव दिन आग्रह गर्दै छिट्टोभन्दा छिट्टो नयाँ निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाए ।  

त्यस्तै कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्मल चौधरीले सरकारकै गलत नीतिका कारण उद्योग व्यवसाय धरासायी भइरहेको आरोप लगाएका थिए । उनले सिमेन्ट उद्योगहरूको उदाहरण दिँदै सरकारको गलत नीतिकै कारण यस क्षेत्रका उद्योग व्यवसाय धरासायी भइरहेको र नयाँ लगानी आउन नसकेको दुखेसो पोखे ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधामसहित मधेस प्रदेशका आर्थिक वीरगञ्जसहित विभिन्न जिल्लाका उद्योग व्यवसायीहरूले धनुषा जिल्लाको आर्थिक विकासका लागि के कस्ता विषय वस्तुमा लगानी गर्न सक्ने र सरकारबाट भइरहेको असहयोगको बारेमा आ आफ्ना धारणा राखेका थिए ।


Author

थप समाचार
x