मधेश

भारतबाट ल्याउँदै गरिएका राँगा भैँसी सशस्त्र प्रहरीको नियन्त्रणमा

इकागज |
जेठ ९, २०७८ आइतवार ११:४ बजे

वीरगञ्ज : भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको ठूलो संख्याको राङ्गा, भैंसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरी बल १३ नम्बर गणको सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएका टोलीले ४७ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए । पर्साको ग्रामीण भेगको विभिन्न स्थानबाट गरि ४७ वटा राँगा भैंसी आइतबार बिहान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए । 


नियन्त्रणमा लिइएका चौपाया सहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सारमा पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिए । 
 


Author

थप समाचार
x