मधेश

पाँच लाख घुससहित लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

इकागज |
साउन ३१, २०८० बुधबार १२:२ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाकाका लेखापाल र कम्प्युटर अपरेटरलाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

बुधबार बिहान लेखापाल टेकनारायण यादव तीन लाख रुपैयाँको चेक र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई २ लाख रुपैयाँ नगद घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको जनाइएको छ ।


लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् । आयोगको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले लेखापाल र अपरेटर पक्राउ गरिएको जानकारी भएपनि थप विवरण आउन नसकेको बताए ।


Author

थप समाचार
x