मधेश

संक्रमित बढेपछि सर्लाही र महोत्तरीमा निषेधाज्ञा थपियो

इकागज |
जेठ १०, २०७८ सोमबार ९:२६ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमितहरुको संख्या दिनानुदिन थपिदै गएपछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को सर्लाही र महोत्तरी जिल्लामा निषेधाज्ञा थपिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सर्लाहीको बैठकले सोमवार राति १२ बजेदेखि लागू हुने गरी जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा ७ दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

त्यस्तै महोत्तरीमा सोमवार राति १२ देखि नै लागू हुने गरी जेठ २० गते सम्मका लागि १० दिन निषेधाज्ञा थपिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति तीव्र रुपमा बढिरहेकोले सोमबार राति १२ बजेदेखि जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समयवधि थपिएको जानकारी दिएका छन् ।


प्रजिअ भट्टराईले कोभिड संक्रमणको दर अत्यधिक बृद्धि भएसँगै केहि व्यक्तिको मृत्यु समेत भएको अवस्थामा संक्रमणको चेन ब्रेक गरी न्यूनीकरण तथा रोकथाम गर्नका लागि नेपाल सरकारको निर्णय तथा स्थानीय वस्तुस्थिती मूल्यांकन गर्दा केहि समय निषेध गरी नियन्त्रणमा प्रभावकारिता ल्याउनुपर्ने जरुरी देखिएकोले महोत्तरीमा लागु हुनेगरी निषेधाज्ञाको समयअवधि तेस्रो पटक थप गरिएको बताए ।
 


Author

थप समाचार
x