‘बिशेष स्तम्भ’ बनाउन एमालेले किन्यो सिरहामा जग्गा
सिरहा- कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको उपलक्ष्यमा नेकपा एमालेले सिरहामा ‘बिशेष स्तम्भ’ बनाउने भएको छ ।
आजदेखि सिरहामा सुरु हुन गईरहेको केन्द्रिय सचिवालयको बैठक स्थलमा एमालेले ‘बिशेष स्तम्भ’ बनाउन लागेको हो ।
धनगढी नगरपालिका–१४ सिरहामा तत्कालिन नेकपा मालेको चौथों महाधिवेशन भएको तथा जननेता मदन भण्डारीलाई पार्टी महासचिव चयन गरेको सम्झनामा एमालेले बिशेष स्तम्भ बनाउने निर्णय गर्न लागेकाे उपमहासचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । सिराहाको विष्णुपुर कट्टी- सर्रे अम्बासमा निर्माण हुने स्तम्भकाे पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।
‘यो स्थलमा पार्टीको चौथों महाधिवेशन भएको थियो, यही भएको महाधिवेशनले जननेता मदन भण्डारीलाई महासचिव चयन गरेको थियो,’ उनले भने, ‘यति मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगमा विकसित गर्ने जनताको बहुदलीय जनवादको नीतिमा पार्टी जाने निर्णय पनि यही स्थलबाट भएको थियो, त्यसैले यहाँ बिशेष स्तम्भ निमार्ण गर्न लागेका हौं ।’ उनका अनुसार कम्युनिस्ट पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा लैजाने मात्रै होइन, वाम मोर्चा निमार्ण गरेर नेपाली कांग्रेसलगायत दलसँग गठबन्धन गरेर पञ्चायतविरुद्ध जनआन्दोलन गर्नुपर्ने निर्णय पनि सोही स्थलबाट भएकाले बिशेष रुपमा पार्टीले लिएको हो ।
‘त्यसैले यहाँ पार्टीले १८ कठा जमिन किनेको छ, यहाँको विद्यालयको नाम मदन भण्डारी माबि नामाकरण गरिएको छ,’ भट्टराईले भने, ‘भौगलिक विकटता भएकाले अब यहाँ पुल निमार्णदेखि बाटो बनाउने काम पनि अब चाँडै सुरु हुनेछ ।’
२०४६ साल भदौ ९–१४ गतेसम्म चलेको चौथौं महाधिवेशनमा ९५ जना प्रतिनिधि उपस्थित थिए भने सो महाधिवेशनले २० सदस्सीय केन्द्रिय कमिटी गठन गरेर जबज र जनआन्दोलनको निर्णय लिएर महाधिवेशन सम्पन्न गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया