मधेश

युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन् : लिलामणी पोखरेल

इकागज |
भदौ १७, २०८० आइतबार ९:५९ बजे

महोत्तरी- नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइरहेको बताएका छन् ।

विशेषगरी युरोपियन युनियनहरूले ऐन बनाउन नदिएको सचिव पोखरेलले खुलासा गरेका छन । युरोपियन युनियनसगैँ अमेरिकी र प्रतिक्रियावादीहरू समेत यसमा लागिपरेको बताउदै माओवादीहरूलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन बनाउन उनीहरू वाधक बनेको उनको तर्क छ ।


रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्ज समेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएकाे छ । भुमण्डलिय राजनीतिको माध्यमवाट नेपाललाई प्रयोग गर्ने उदेश्यले अमेरिकीहरूले नेपालमा नयाँ सम्झौता समेत गरेको बताउँदै सचिव पोखरेलले भने 'एमसीसी सम्झौता अमेरिकाको यसैको परिणाम हो, त्यसैले मुलुकको राष्ट्रियता, अखण्डता माथी समस्या पैदा हुँदै छ ।´

माओवादी जनयुद्धलगायत अन्य राजनतिक दलहरूसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ । 'संघिय लोकतान्त्रिक गणतन्त्र समेत खतरामा परेको छ किनभने यसअघि संविधानमा नै उल्लेख नभएको जननिर्वाचित प्रतिनिधि व्यवस्थालाई बिघटन गरियो ।´

लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगमनकारीहरूले टाउको उठाउन सुरु गरेको बताउदै उनले एकात्मवादीहरूले हमला गर्न सुरु गरिसकेको दावी गरेका छन् । तीन महिने रुपान्तरण अभियानमा माओवादी रुपान्तरित भएर आउने र जनतासँगको सम्बन्ध पुन: समधुर हुने पनि नेता पोखरेलले विश्वास व्यक्त गरेका छन् । 


Author

थप समाचार
x