मधेश

कांग्रेस सहमहामन्त्रीमाथि आक्रमण गर्नेलाई कडा कारवाही होस् : मुख्यमन्त्री यादव

इकागज |
भदौ २०, २०८० बुधबार २२:१२ बजे

फाइल फोटो

जनकपुरधाम - कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको घटनाको भत्र्सना गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोषीलाई तत्काल कडा कारवाही गर्न माग गरेका छन् । 

बुधवार एक प्रेस विज्ञप्ति गरी मुख्यमन्त्री यादवले सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउंदै लोकतन्त्रको बुई चढेर निरंकुशतावादी शक्तिहरु सल्बलाईरहेको यो घटना गम्भीर प्रकृतिको रहेको बताएका छन् । 


उनले मधेशबाट राजनीति गर्ने सरल प्रकृतिका कांग्रेस नेता यादवको आक्रमणको शिकार हुनु चिन्ताजनक रहेको बताउंदै केहीदिन यता हरेक कुरामा लोकतन्त्रको खिल्ली उडाउने प्रवृति बढदै गएको बताए । लोकतन्त्रको आवरणमा लोकतन्त्र ध्वंश पार्ने कदम अस्वीकार्य रहेको उनको भनाइ छ ।  

मुख्यमन्त्री यादवले प्रतिक्रियावादी शक्तिको यो हदसम्म पुग्नु चरम दण्डहिनताको रहेको भन्दै घटनाको घोर भत्र्सना गरेका छन् । साथै उनले घटनाको गहनरुपले छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै नेता यादवको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।


Author

थप समाचार
x