मधेश

आगामी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई अध्यक्ष यादवको निर्देशन

इकागज |
भदौ ३१, २०८० आइतबार १७:४२ बजे

जनकपुरधाम । आउँदो निर्वाचनका लागि तयारीमा जुट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आइतबार जनकपुरधाममा जसपा मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । 

'कुनैपनि मुलुक समृद्ध र विकासित तब हुँदैन जब त्यहाँको लोकतन्त्र मजबुत र समावेशिता हुन्छ । हाम्रो मुलुकमा यसैको कमीले गर्दा दरिद्रता छ ।' अध्यक्ष यादवले भने 'संघीयता मजबुत बनाउन र राज्यका हरेक निकायलाई समावेशी बनाउन निर्णायक भूमिका रहन आवश्यक छ । त्यसका लागि अधिक सिट चाहियो र त्यो चुनावबाट मात्र सम्भव छ ।' 
अध्यक्ष यादवले भने जहाँ प्रदेश नै अधिकार सम्पन्न छैन हाम्रो देशमा कस्तो संघीयता भनी प्रश्न गरे । सबै अधिकार केन्द्रिकृत गरेर राखेको बताउँदै उनले राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनै पनि निकायमा समावेशिता नभएकाे आराेप लगाए। 'जबसम्म राज्यको हरेक निकायमा समावेशिता हुदैन तबसम्म मुलुकले समृद्धि पाउन सक्दैन र संघीय लोकतन्त्र मजबूत हुन सक्दैन' उनले भने 'मुलुकलाई समावेशी बनाउंदै संघीय लोकतन्त्र मजबूत बनाउन जिम्मेवारी हाम्रो कांधमा रहेको छ ।'


एक अर्को प्रसंगको चर्चा गर्दै उनले नेपालमा न त कोही कम्युनिष्ट छ र न कोही लोकतन्त्रवादी दल रहेको टिप्पणी गर्दै भने यहाँ पार्टीको नाममा मात्र कम्युनिष्ट न तिनीहरुसँग कुनै विचार र न कुनै सिद्धान्त, लोकतन्त्रवादी भनिएका कांग्रेसको पनि हाल उस्तै रहेकाे बताए । आफूलाई लोकतन्त्रवादी दल भन्छन तर विचार र सिद्धान्तविहिन रहेकाे उनले बताए । 

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पार्टीको हरेक संगठन विस्तारमा आफ्नो सहयोग रहने बताउंदै जसपा पार्टीको संगठन विस्तारमा प्रदेश सरकारबाट हुने हरेक किसिमको सहयोग आवश्यक परेको बेलामा गर्ने प्रतिबद्धता जनाए । 

मुख्यमन्त्री यादवले हामी संघीय संरचनामा भएपनि सम्पूर्ण अधिकार केन्द्रिकृत गरेर नै राखेको हो भन्दै यो कस्तो संघीयता रहेको भन्ने प्रतिप्रश्न गरे । उनले जबसम्म प्रदेशलाई अधिकारसम्म बनाउंदै तबसम्म मुलुकको समृद्धि हुन नसक्ने दाबी समेत गरे । 

कार्यक्रममा जसपा आबद्ध प्रदेशका अर्थमन्त्री संजयकुमार यादव, जसपा प्रवक्ता मनिष सुमन, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका मन्त्री सुरिता, प्रतिनिधि सभा सदस्य दिपक कार्की लगायत पार्टीका केन्द्रियदेखि स्थानीयस्तरका नेताहरुको सहभागिता रहेको थियो । यो कार्यक्रम संगै आजदेखि मधेश प्रदेशमा जसपाको संगठन विस्तारको अभियान तथा अभिमुखिकरण शुरु भइसकेको छ । अब पार्टीको मधेश प्रदेशस्तरीय बेठकबाट रणनीति तयार पारेर गाउँ गाउँमा संगठन विस्तारको कार्यक्रम आयोजना गरिने जसपा मधेश प्रदेश समितिले जनाएको छ ।


Author

थप समाचार
x