जानकी मन्दिरमा राष्ट्रपति पौडेलको ४० मिनेट पूजापाठ
तस्बिर : सुभाष कर्ण/इकागज
जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवन गर्न जनकपुरधाम आएका राष्ट्रपति पौडेललाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र उत्तराधिकारी महन्थ रोशन दासले संयुक्त रुपमा करिब ९ बजेतिर पूजा अर्चना गराएको छ ।
उनीसँगै प्रथम महिला सविता पौडेल, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि, प्रतिनिधि सभा सदस्य रामकृष्ण यादव लगायतका उचस्थ व्यक्तिहरूसमेत पूजामा सरिक भएको थियो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक जनकपुरधाम आएका राष्ट्रपति पौडेलले करिब ४० मिनेट जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए । माता जानकीको पूजाआजासँगै उनले सीताराम संकिर्तन, १०८ शालिग्राम समेत अवलोकन गर्दै उनी सहभागी समेत भएका थिए ।
जानकी मन्दिरमा पूजा अर्चनापछि उनी प्रदेश प्रमुख हरिशंकर मिश्रसँग भेटघाट गर्नु भएको थियो । प्रदेश प्रमुख मिश्रसँग भेटघाटपछि मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई स्वागत गरेको थियो ।
आजै दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवनमा उनलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन कार्यक्रम रहेको छ ।
२३ वर्षको लामो प्रतिक्षापछि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको राष्ट्रपति पौडेलले उदघाटन गरेपछि सोही भवनको सभाहलमा उहाँलाई नगरपालिकाले नागरिकता अभिनन्दन गर्नेछ ।
नागरिकता समस्या देशकैलागि ठूलो समस्या रहँदै आएकोमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि मधेशी जनतामाथि ठूलो गुण लगाएकाले उपमहानगरले नागरिक अभिनन्दन गर्न लागेको नगरप्रमुख मनोजकुमार साहले बताएका छन् ।
उपमहानगरले राष्ट्रपति पौडेललाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रसहित अभिनन्दन गर्नुका साथै जानकी मन्दिरको प्रतिक उपहार प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया