मधेश

एमालेको अधिवेशनले मधेशको विकास हुन्छ : सचिव भट्टराई

इकागज |
असोज ११, २०८० बिहीबार १९:४० बजे

जनकपुरधाम - मधेशको स्वभिमान र समृद्विका लागि एमालेको पहिलो प्रादेशिक अधिवेशन सहयोगी भूमिका निर्वाह गर्ने एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

आउंदो असोज २४ र २५ मा जनकपुरधाममा हुन लागेको मधेश प्रदेशको अधिवेशन बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले  यो अधिवेशनले एमालेका लागि मात्र नभइ मधेश प्रदेशकै विकास र समृद्धिमा योगदान पुर्याउन सक्ने नेतृत्व चयन गर्ने बताए । 


उनले बितेका छ वर्षको मुल्यांकन गर्दा एमालेको सरकार बिना मधेश प्रदेशको विकास र समृद्विको सम्भावना नरहेकाले यसै नाराका साथ २०८४ को चुनावमा पनि जाने बताए । प्रदेश सरकारले कर्मचारी र प्रहरी प्रशासन बिना काम गर्न नसकिरहेको बताइरहेका बेला एमालेले सरकारको नेतृत्व पाउन नसक्दा मधेशको विकास नभइ जस्ताको त्यस्तै रहेको दाबी उनले गरे ।

पत्रकार सम्मेलन मार्फत एमालेले पहिलो अधिवेशनको लोगो र नारा समेत सार्वजनिक गरेका छन् । एमालेको नारामा ‘समाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वभिमान र समृद्विका लागि एमालेको सरकार’ रहेको छ भन्ने हसिया भित्र एक आकारको हथौडा र मधेश प्रदेशको मुख्य धार्मिक सम्पदा तथा स्थल समावेश गरिएको छ ।

२४ गते महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्ने अधिवेशनमा १ हजार प्रतिनिधीहरुको सहभागिता रहने भट्टराइले बताए । सो अवसरमा पार्टीका मधेश अध्यक्ष रामअवतार यादव, नेतृ जुली महतो, लिलानाथ श्रेष्ठ सहितको उपस्थिति थियो ।


Author

थप समाचार
x