मधेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री यादवलाई
जनकपुरधाम - मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पाएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार उनलाई आफू फर्कि नआउञ्जेलसम्मका लागि सो जिम्मेवारी दिएका हुन् । काम विशेषले प्रदेश बाहिर हुने भएकाले उनलाई कार्यवाहक जिम्मेवारी तोकिएको जनाइएको छ ।
मन्त्री यादवलाई मधेश प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०८० को नियम १४ को उप-नियम (३) बमोजिम कार्यवाहक मुख्यमन्त्री तोकेको पत्रमा उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया