मधेश

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ गते

इकागज |
जेठ १७, २०७८ सोमबार १२:८ बजे

जनकपुरधाम : प्रदेश २ सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्‍वान गर्न प्रदेश प्रमुख कहाँ सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कहाँ  सिफारिस गर्ने निर्णय गरेको हो । 

चालू पाँचौ अधिवेशन अन्त्यगरी बजेट अधिवेशन आह्वान गर्नका लागि  प्रदेश प्रमुख राजेश झा समक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । प्रदेश प्रमुख झाले बजेट अधिवेशनका लागि सिफारिश गरेपछि प्रदेश सभामार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।



Author

थप समाचार
x