प्रिन्सिपल सर्राफको हत्या आरोपमा ६ जना पक्राउ
बारा - गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको छ ।
सो घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
अहिले ६ जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्मरुपमा अनुन्धान भइरहेको उनले बताए ।
प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले तीन वटा गोली प्रहार गरी हत्या गरेको थियो ।
मंगलबार हिन्दू परम्पराअनुसार उनको दाहसंस्कार गरिएको छ । पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन् । उनलाई श्रद्धाञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेका थिए ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेका एकले बताएको प्रहरीले जानकारी दिएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया