बिलबिजकभन्दा बढी सामान ल्याउने ट्रक नियन्त्रणमा
वीरगञ्ज (पर्सा)- बिलबिजकभन्दा बढी लोड गरेको तयारी कपडा तथा विद्युतीय सामानसहित पर्सा प्रहरीले ट्रक निन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित सडकखण्डबाट बिलबिजकभन्दा बढी सामान लोड गरेको ना३ख ४६५१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
बिलविजकभन्दा बढीका सामान बोकेको ट्रक वीरगञ्जबाट झापातर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा रोकेर जाँच गर्दा बिलबिजक शंकास्पद देखिएकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
बरामद सामग्रीको मूल्याङ्कन करिब रु ४२ लाख ३२ हजार आठ सय २७ कायम गरी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया