मधेश

उपचारका क्रममा पाँच कोभिड सङ्क्रमितको मृत्यु

इकागज |
जेठ २१, २०७८ शुक्रबार ११:५१ बजे

फाइल तस्बिर

पर्सा : बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोभिड सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोभिड सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज-१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२:२० बजे र वीरगञ्ज-१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७:०० बजे उपचारका क्रममा मृत्यु भएको बताए ।


त्यसैगरी रौतहटको गौर नगरपालिका-७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २:३०, बरथवा नगरपालिका-५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९:५५ र रौतहटकै रौधामाई नगरपालिका-६ निवासी ४० वर्षीय पुरुषको राति ८:५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । रासस


Author

थप समाचार
x