कांग्रेस मधेश प्रदेशको बन्दसत्र सुरू
जनकपुर- नेपाली कांग्रेसको मधेश प्रदेशको बन्द सत्र सुरू भएको छ ।
जनकपुरमा हिजो उद्घाटन भएको प्रदेश अधिवेशनको आजबाट बन्द सत्र सुरू भएको हो ।
प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरू भएको बन्दसत्रमा महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेश गरेका छन् ।
यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेश गरिरहेका छन् ।
जारी बन्दसत्रमा मधेश प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया