मधेश

कोभिड-१९ संक्रमणबाट एउटै नगरपालिकाका दुई वडाध्यक्षले ज्यान गुमाए

इकागज |
जेठ २१, २०७८ शुक्रबार १९:३३ बजे

जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट रौतहटको गरुडा नगरपालिकामा दुई वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका-२का वडाध्यक्ष विष्णु देव सहनी र वडा-७ का वडाध्यक्ष रामेश्वरराय यादव रहेका छन् । 

कोभिड-१९ पुष्टि भएपछि गत एक महिनादेखि काठमाडौँस्थित निजामती कर्मचारी अस्पतालमा उपचाररत वडाध्यक्ष विष्णुदेव सहनीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख रंगिलाकुमारी जैसवालले जानकारी दिएकी छन् । उनले भनिन्,'यसअघि कोभिड-१९ संक्रमणबाटै जेठ ३ गते वडा-७ का अध्यक्ष रामेश्वर राय यादवको पनि काठमाडौँस्थित ग्रिनसिटी हस्पिटलमा उपचारको मृत्यु भएको थियो ।


कोभिड-१९ पुष्टि भएपछि दुवै वडाध्यक्षको स्थानीय अस्पतालमा उपचार सम्भब हुन नसक्दा थप उपचारका लागि काठमाडौँ लगिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल भएको कारण उनीहरू बाँच्न सकेन । 


Author

थप समाचार
x