मधेश

मनपर्ने युवतीलाई 'लभ लेटर' दिएपछि...!

सुभाष कर्ण |
जेठ २१, २०७८ शुक्रवार २१:१३ बजे

जनकपुरधाम : युवतीलाई 'लभ लेटर'  दिएको बहानामा एक दलित युवकलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको दुर्गाभवतीपुर गाउँपालिका-५का विकास पासवान भन्ने एक दलित युवकलाई स्थानीय गिरी थरकी युवतीलाई प्रेमपत्र दिएको निहुँमा सार्वजनिक स्थलमा बाँधेर निर्घात रुपमा कुटपिट गरिएको थियो । 

आरोपी सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिप्रका रौतहटका प्रहरी उपरिक्षक सिद्धीविक्रम शाह अनुसार पक्राउ पर्नेहरुमा सोही गाउँपालिकाको वडा-४ का राजदेव गिरी, रञ्जन गिरी र लालु सिंह रहेको छ । पीडित पक्षबाट उजुरी नपरेपनि सामाजिक सञ्जालमा एक युवतीलाई प्रेमपत्र पठाएको आरोपमा युवकलाई निर्घात कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि घटनाको अनुसन्धान थालिएको हो । 



Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x