मधेश

कुखुरापालन व्यवसायमा निषेधाज्ञाको असर

इकागज |
जेठ २२, २०७८ शनिबार १३:२८ बजे

लहान : कोभिड-१९ फैलिन नदिन सरकारले स्थानीय प्रशासनले एक महिनादेखि गरेको निषेधाज्ञाका कारण कुखुराको चल्ला र दानाको आपूर्ति नहुँदा कुखुरापालक किसानहरु मारमा परेका छन्  । निषेधाज्ञाको कारण सवारी साधन नचल्दा दानाको आपूर्ति हुन नसकेपछि पोल्ट्री फर्महरुमा रहेका कुखुराहरु दुब्लाउँदै मर्ने अवस्थामा पुगेका हुन् । 

लाखौंको लगानीमा सञ्चालित फर्महरुमा दुई महिनाभन्दा बढी समयदेखि जारी बन्दाबन्दीका कारण दाना नआएपछि समस्यामा परेको कुखुरापालक किसानहरुले गुनासो गरेका छन् । कुखुराको दाना नै नपाएपछि कुखुरा तथा चल्लाहरुलाई गहुँ तथा चामल खुवाएर जेनतेन ज्यान जोगाउने गरिएको सिरहाको नवराजपुरका कुखुरापालक किसान सकुर मियाँले बताए । 


दाना अभावले कुखुराहरुको तौल घट्दै गएकाले तरकारीको भाउमा बेच्न थालिएको उनले दुखेसो पोखे । 'ऋण लिएर कुखुरा व्यवसाय शुरु गरेको थिएँ', सकुर मियाँले भने,'तर निषेधाज्ञाले गर्दा लगानी समेत डुब्ने अवस्था आएको छ, अझै केही दिनसम्म दाना नआए भएको कुखुरा र चल्ला समेत भोकै मर्ने अवस्था भइसकेको छ ।' 

घर नजिकै पोल्ट्री फार्म सञ्चालन गरी दुई वर्षदेखि कुखुरापालन गर्दै आएका उहाँले कुखुरा तथा चल्लाका लागि दाना ढुवानीको वैकल्पिक व्यवस्था मिलाइए कुखुरा तथा चल्लाहरुलाई राहत हुने उनको भनाइ छ । 


Author

थप समाचार
x