मधेश

चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाए : सिके राउत

इकागज |
माघ ६, २०८० शनिबार १३:१ बजे

फाइल तस्बिर

सप्तरी- चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलन गरेर राउतले यस्तो बताएका छन् ।

'नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी तथा एकीकत समाजवादीका मुख्य व्यक्तिले मुलुकमा जे गर्छ त्यही हुन्छ अन्य कसैले केही गर्न सक्दैन' उनले भने ।


खास गरेर जहिले पनि पेवा जस्तै देशको नेतृत्वमा रहँदै आएकाहरूले मधेशमा भ्रष्टाचार हुन्छ र मधेशी नेता भ्रष्ट हुन्छ भन्ने अपवाह फैलाएर मधेशलाई थप पछाडि धकेल्दै आएको उनले आरोप लगाए । उनले भने,'अर्बौ भ्रष्टाचार गर्ने व्यक्तिले उल्टो मधेशी नेतालाई भ्रष्टको आरोप लगाएर मधेश र मधेशीक‍ो विकासको बाधक नेतृत्व पक्ष नै बनेको छ ।' आफू उर्जाका साथ संसद्‌मा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ छ ।

उनले थपे,'अहिलेको संसद्‌मा केही बोल्न छुट छैन । ह्‍वीप जारी हुन्छ । बोल्यो भने कारबाही हुन्छ दुई/चार जनाले जे गर्छ त्यहीँ नै हुन्छ । यो सरकार र गठबन्धनबाट केही गराउन नसकिने उनको धारणा थियो । डिसिजन मेकरमा हाम्रो कुनै भूमिका नरहेकाले नयाँ परियोजनाको विषयमा सुन्‍न चाहँदैनन् । ५२/५३ प्रतिशत जनता मधेशमा भएपनि हामीले दिनेमा हुनपर्थ्यो तर उल्टो उनीहरूसँग माग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

'मधेशले विकास र अधिकार चाहेको छ ' उनले भने 'अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहनुपर्छ ।' आन्दोलनको विकल्प नरहेको राउतको भनाई थियो । अहिलेको अवस्था मधेश,जनजाति,अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको राउतको भनाई थियो ।


Author

थप समाचार
x