मधेश

सोनलले छोडे मन्‍त्री क्‍वाटर

इकागज |
जेठ २४, २०७८ सोमबार ११:३७ बजे

जनकपुरधाम: प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री पदबाट बर्खास्त भएका जितेन्द्र सोनल पदमा नरहे पनि जनताकै लागि काम गरिरहने बताएका छन् ।सोमबार बिहान मन्त्री निवास छोड्ने क्रममा सञ्‍चारकर्मीसँग कुरा गर्दै ३ वर्षे कार्यकाल सफल रहेको दाबी गरे । उनले पदमा नरहे पनि जनतासँग गरिएका वाचा पूरा गर्न तत्पर रहने प्रतिबद्धता जनाए ।

तीन वर्ष मधेश भवनमा बिताएका सोनलले आफ्नो सामानसहित मात्र एउटा सुटकेश लिएर मोटरसाइकलबाट बाहिरिएका थिए । आइतबार साँझ पार्टीको आन्तरिक विवादका कारण अध्यक्ष ठाकुर समूहका मन्त्री सोनलसहित ३ राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए । अर्का अध्यक्ष यादवले ठाकुर समूहका मन्त्रीहरू बर्खास्त गरी कांग्रेस, माओवादी केन्द्र सम्मिलित सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।



Author

थप समाचार
x