शिक्षाको अधिकार प्रदेशलाई नदिएर गुणस्तर खस्कियो : मुख्यमन्त्री यादव
महोत्तरी- मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षासम्बन्धी अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर खस्केको बताएका छन् ।
आज जनजागृति माध्यमिक विद्यालय बर्दिवासको स्वर्ण जयन्तिको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय सरकारले नै यसमा ध्यान दिनुपर्ने बताए ।
मधेशको उत्तरपूर्व क्षेत्रमा शैक्षिक गुणस्तर राम्रो रहेता पनि राजनीति खिचातानीले दक्षिण देहातमा सामुदायिक विद्यालयहरू थप खस्किँदै गएको उनको भनाइ छ ।
राजनीति ऐक्यबद्धता रहेमात्र साझा विकास गर्न सकिने मुख्यमन्त्री यादवको भनाइ छ । उनले बर्दिवास नगरपालिकाको लागी प्रदेशास्तरीय गौरवको योजना दिन चाहेको बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया