मधेश

प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले राती नै लिए शपथ

इकागज |
जेठ २७, २०७८ बिहीबार ६:२७ बजे

जनकपुरधाम :  जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह नेतृत्वको प्रदेश २ सरकारमा कांग्रेस विधिवत रूपमा सहभागी भएको छ । बुधबार जसपासँग दुई बुँदे सहमति पश्चात कांग्रेस ३ वटा मन्त्रालय पाएपछि सरकारमा सहभागी भएको हो ।

कांग्रेसका नवनियुक्त तीन मन्त्रीलाई बुधबार राती साढे ९ बजे प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । कांग्रेसबाट रामसरोज यादव भौतिक पुर्वाधार मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा र वीरेन्द्र सिंह  महिलला, बालबालिका तथा युवा, खेलकुद मन्त्री बनेका छन ।


माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई संगै शपथ ग्रहण गराउने भनी छलफल भईरहेको कारण साढे ७ बजे भनिएको शपथ ग्रहण कार्यक्रम दुई घण्टा ढिलो साढे ९ बजेपछि शपथ ग्रहण भएको हो ।

माओेवादी संग वार्ता असफल भएपछि सरकारमा सहभागी नहुने भएको छ । माओवादी दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भएपनि मुख्यमन्त्री लालबाबु राउतले एउटा मात्रै अन्तिम समयमा भनेपछि वार्ता असफल हुन गएको सांसद जगत यादवले बताएका छन ।

जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर कांग्रेस र माओवादीसँग सहकार्यको हात बढाएका थिए । 

प्रदेश सरकारले ५३ जना प्रदेश सभा सदस्य चाहिएकोमा जसपा उपेन्द्र यादव समुहको ३०, ठाकुर समुहका ५ र कांग्रेसका १९ गरि ५४ जना प्रदेश सभा सदस्यको समर्थन पाएका छन ।
 


Author

थप समाचार
x