मधेश

मुख्यमन्त्रीले एउटै मन्त्रालय दिने भनेपछि माओवादी प्रदेश २ सरकारमा गएन

इकागज |
जेठ २७, २०७८ बिहीबार ६:४० बजे

फाइल फोटो

जनकपुरधाम : प्रदेश २ सरकारमा माओेवादी केन्द्र सहभागी नहुने भएको छ । बुधबार अबेर साँझसम्म मुख्यमन्त्री लालबाबु राउतसहित जसपा उपेन्द्र यादव समुहका वार्ता समितिसँग माओेवादी केन्द्रको मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि वार्ता असफल भएको थियो ।

माओवादी केन्द्रको तर्फबाट वार्ता समिति सदस्य एवं प्रदेश सभा सदस्य जगत यादवले दुईवटा मन्त्रालय दिने आश्वासन पाएपनि अन्तिममा एउटा मात्रै दिन खोजेपछि सरकारमा नगएको बताए ।


‘हामीले दुईवटा मन्त्रालय मागेका थियौँ, आश्वासन पनि मुख्यमन्त्री राउतले दिदै आएका थिए’, उनले भने, ‘तर आज एउटा मात्रै दिने । त्यो पनि कानुन तथा प्रदेश सभा मामिला मन्त्रालय दिने भनेपछि हामी सरकारमा नजाने निर्णय गरेर बाहिरिएका छौँ ।’

यसअघि जसपाले आफुहरूलाई दुई मन्त्रालय दिने अनौपचारिक सहमति गरेको उनले बताए । तर एकाएक हाल आएर एक मन्त्रालय मात्रै दिने भनेर  आफूहरुलाई अपमानजनक व्यवहार भएको पनि उनको भनाइ छ । 


Author

थप समाचार
x