मधेश

विपन्‍न परिवारलाई घर बनाइदिने नवनियुक्त मन्त्री यादवको घोषणा

इकागज |
जेठ २७, २०७८ बिहीबार १६:५१ बजे

जनकपुरधाम : प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले विपन्न आवास योजना अन्तर्गत गरीबहरूलाई घर निर्माण गरेर दिने घोषणा गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षमा गरीबहरूलाई घरको व्यवस्था गर्ने पहिलो घोषणा गरेका हुन् ।

उनले सामाजिक, राजनीतिक रूपमा पछाडि परेका, दलित, विपन्न, सीमान्तकृत, एकल महिला र सहिद परिवारको पहिचान र सूचीकृत गरी सबैको बास सबैलाई आवासको उद्देश्यले घर निर्माण गरेर दिने उनले घोषणा गरे ।


प्रत्येक निर्वाचन क्षेत्रमा पहिचान गरिएका गरिब तथा पछाडि परेकाहरूलाई सम्मानजनक गुजाराका लागि कम्तिममा १० जना गरी ६४० जनालाई ५ लाख रुपैयाँ बराबरको घर निर्माण गरेर दिने मन्त्री यादवले घोषणा गरे । मन्त्रालयबाट चाँडै नै कार्यविधि तयार गरी सूचीकृत गरिएका गरिब तथा विपन्न परिवारलाई आगामी आर्थिक वर्ष भित्रै निर्मित घर हस्तान्तरण गरिने उनले बताए । 


Author

थप समाचार
x