कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
धनुषा- नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
पत्रमा भनिएको छ, 'मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिदेखि सो समर्थन फिर्ता लिइएको बेहोरा जानकारीको लागि अनुरोध छ ।'
केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया