मधेश

जनकपुरमा अक्सिजन उद्योग संचालन

इकागज |
असार २, २०७८ बुधबार २१:६ बजे

जनकपुरधाम : बढदै गएको कोभिड-१९ संक्रमणको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन प्लान्ट जनकपुरधाममा आजदेखि संचालनमा आएको छ । निजीस्तरमा जनकपुरधाम-२३ लादो बेलामा खोलिएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्दै शुभारम्भ गरे । 

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोभिड माहामारीसँग जुध्‍न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्‍चालकलाई धन्यवाद दिँदै जनकपुर क्षेत्रमा अब अक्सिजनको अभाव नहुने बताए । अक्सिजन अभावमा जनकपुरसहित धनुषा जिल्लामा कयौं बिरामीको मृत्यु भइसकेपछि सुनिल साहले आफ्नो एसआरजे ग्रुपबाट निजीस्तरमा अक्सिजन प्लान्ट स्थापना गरेका हुन् ।


करिब ७ करोडको लागतमा निर्मित अक्सिजन प्लान्टबाट दैनिक साढे ४ सय सिलिण्डर अक्सिजन उत्पादन हुने बताइएको छ । धनुषामा एसआरजे ग्यास उद्योगसहित दुईवटा अक्सिजन उद्योग छन् । यसअघि ढल्केवर ग्यास उद्योग संचालनमा छ ।


Author

थप समाचार
x