मधेश

बारामा एक युवक मृत फेला

इकागज |
असार ३, २०७८ बिहीबार १४:५ बजे

बारा : विश्रामपुरको बरैनियामा बिहीबार एक युवक मृत अवस्थामा फेला परेका छन् । बाराको विश्रामपुर गाँउपालिका–२ कै भरवलीया गाँउका २७ वर्षीय वीरेन्द्र बैठा बरैनीया बजारको सडक छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

बुधबार राति घरबाट निस्किएका विरेन्द्र बिहीबार बिहान मृत अवस्थामा भेटिएका हुन् । मृतकको शरीरका विभिन्न भागमा चोटपटकको घाउ भेटिएकाले कसैले कुटपिट गरी हत्या गरेको हुन सक्ने बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । उनले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र घटनाका बारे तालिप्राप्त कुकुरको सहयोगमा अनुसन्धान भइरहेको जानकारी दिए ।   
 



Author

थप समाचार
x