मधेश

गढीमाईका वडाध्यक्ष यादवको निधन

इकागज |
जेठ २०, २०८१ आइतबार १०:१७ बजे

रौतहट- गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ।

५५ वर्षीय यादवको उपचारको क्रममा शनिबार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले जानकारी दिए । मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना भएका थिए।


लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर भएको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो।

मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्त्येष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।

क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ।


Author

थप समाचार
x